• nepalpressunion@gmail.com
  • 01-5244746

प्रेस विज्ञप्ती


image

नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष तथा अन्नपुर्णकर्मी बिष्णु प्रसाद न्यौपानेले मिति २०७८ साल भदौ ६ गते अन्नपुर्ण पोष्ट अनलाईनमा लेखेको ‘कर्णाली प्रदेशका कृषिमन्त्री शाहीलाई बलात्कार आरोप’ र नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायले मिति २०७८ साल भदौ ७ गते नागरिक दैनिकमा ‘मन्त्रीमाथि बलात्कार आरोप’ भन्ने समाचार प्रकाशित भएपछि मन्त्री कुर्मराज शाहीका स्वकिय प्रेम बुढाले फोनमा, प्रेस सल्लाहकार नन्दकेस अधिकारी, युवा संघ कर्णाली संयोजक केशन शाही, खाडाचक्र २ का वडा अध्यक्ष बिर्खसिह विकसहितले सामाजिक संजालमा पत्रकारद्वयलाई ज्यान मार्ने धम्की दिएकाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ। समाचार प्रकाशित भएपछि भदौ ६ गते सुर्खेत बिरेन्द्रनगर वडा नं ३ मा रहेको पत्रकार न्यौपानेको घर घेरेर मन्त्रीका आफन्त र समर्थकहरुले ढुङगामुढा गर्ने, सांघातिक आक्रमण गर्न प्रयास गर्ने, टाउको झोलामा जीउ खोलामा भन्दै सार्वजनिक रुपमा हत्या गर्ने धम्की दिने लगायतका प्रवृत्ती दोहोरिरहँदा पत्रकारद्वय न्यौपाने र उपाध्याय भूमिगत हुने अवस्था सिर्जना भएको छ। यस बिषम परिस्थितिमा नेपाल प्रेस युनियन पत्रकारद्वयको सुरक्षाप्रति चिन्तित छ। राज्यका जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार प्रवृत्ती उजागर भएपछि कानुन हातमा लिएर जंगलराज बनाउने खोज्ने हर्कतको नेपाल प्रेस युनियन कडा शब्दमा निन्दा गर्दछ। मन्त्री शाही र उनका कार्यकर्ताको धम्कीका कारणले लुकेर हिड्न वाध्य पत्रकारद्वयलाई कहि कतै सानो चोट मात्र लागे पनि यसको सम्पूर्ण दोष स्वयं मन्त्रीको हुने यसै विज्ञप्ती मार्फत चेतावनी दिन चाहन्छौ। साथै पत्रकारद्वयलाई सुरक्षाको पूर्ण प्रत्याभुती दिलाउँदै पूर्ववत रुपमा पत्रकारीता गर्ने वातावरण मिलाइदिन नेपाल प्रेस युनियन स्थानिय प्रशासनसँग जोडदार माग गर्दछ। धन्यवाद । जय नेपाल ।

अजयबाबु शिवाकोटी

महासचिव